लेखराज भट्टले भने : बत्ती निभाएर, बाकस साटेर प्रचण्डलाई सिरहाबाट जितायौँ
दाहाल-नेपाल समूहलाई बत्ती निभाएर खोज्‍ने दिन आउँछ

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (ओली) समूहका स्थायी कमिटी सदस्य लेखराज भट्टले दोस्रो संविधानसभा चुनावमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई धाँधली गरेर सिराहाबाट जिताइएको बताएका छन्।

तात्कालीन माओवादी केन्द्रका  तथा बहालवाला उद्योगमन्त्री भट्टले तत्कालीन एमाले उम्मेदवार लीलानाथ श्रेष्ठसँग हार्ने अवस्था आएपछि धाँधली गरेर प्रचण्डलाई जिताइएको दाबी गरेका हुन्। 

‘बत्ती निभाएर, बाकस साटेर प्रचण्डलाई सिरहाबाट जिताइएको हो,’ नेकपाका सुदूरपश्चिमका कार्यकर्ताको काठमाडौंको बबरमहलमा  भएको भेलामा भट्टले भने, 'जहिले पनि क्रमभंग, धक्का, महाविपत्ति भन्नुहुन्थ्यो। जहिल्यै उहाँ महाविपत्ति र संकट ल्याउनुहुन्छ। अहिले पनि महाविपत्ति ल्याउन खोजिरहनुभएको छ।'

भट्टले अबको चुनामा दाहाल-नेपाल समूहलाई बत्ती बालेर खोज्नुपर्ने अवस्था आउने जिकिर गरे। 'उहाँहरु माइतीघर मण्डलामा जानुभयो, हामी यहाँ छौं भन्‍नुपर्ने अवस्था उहाँहरुलाई कसरी भयो ?,’ उनले भने, 'अबको चुनावपछि दाहाल-नेपाल समूहलाई बत्ती बालेर खोज्नुपर्ने अवस्था आउँछ।'

उनले लडिबडी गरेर प्रधानमन्त्री पद नपाइने पनि जिकिर गरे। 'अब हामीले उहाँहरुलाई खोज्नु जानुपर्ने भयो । देशका कुना काप्चामा उहाँहरु कहाँकहाँ हुनहुन्छ खोजेर ल्याउनुपर्ने दायित्व आएको छ', उनले भने, 'प्रचण्डले केटाकेटीले लडीबडी गरे जसरी प्रधानमन्त्री पद माग्नुभएको थियो। चुनाव गराएर नेतृत्वमा आउने कुरा गर्नुहुन्न। लडीबडी गरेर प्रधानमन्त्री पद माग्नुहुन्छ, उहाँले केटाकेटी तरिका देखाउनुभयो।’

भट्टले प्रचण्डले अहिलेसम्म जनयुद्धका घाइतेको अवस्थाबारे केही चासो नदिएको आरोप लगाए। अरुको मृत्युमा प्रचण्डले आफ्नो जीवन देखे पनि अहिले सबै कुरा बेवास्ता गरेको उनले बताए। भट्टले प्रचण्डको आत्मबल नै समाप्त भएको पनि जिकिर गरे। 





  • प्रकाशित मिति : पुस १५, २०७७ बुधबार १८:२६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया