कोरोनाका कारण नेपाली हवाई सेवा प्रदायकले गुमाए साढे १७ अर्ब
फाइल फोटो

कोरोना महामारीका कारण नराम्ररी प्रभावित हुनेमा हवाई क्षेत्र पनि रहेको छ । महामारीका कारण विश्वव्यापी रुपमा हवाई सेवा सञ्चालकको आम्दानी ठूलो मात्रामा  घटेको छ । कोरोना संक्रमणपछिको करिब १० महिनामा नेपालमा हवाई सेवा दिने कम्पनीले १७ अर्बभन्दा बढी आम्दानी गुमाएका छन् ।

महामारीका कारण यात्रा अवरुद्ध भएकाले एयरलाइन्सको आम्दानी १७ अर्ब ६४ करोड रुपैयाँ घटेको नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रकाशन गरेको तथ्यांक छ ।
प्राधिकरणका अनुसार  कोरोनाका कारण नेपाल वायुसेवा निगमको आम्दानी अघिल्लो वर्षको तुलनामा  ५ अर्ब रुपैयाँले घटेको छ ।

त्यस्तै, सोही अवधिमा हिमालय एयरलाइन्सले  २ अर्ब गुमाएको छ । आन्तरिक उडान गर्ने एयरलाइन्सको आम्दानीसमेत १० अर्ब ६२ करोड गुमेको तथ्यांकमा उल्लेख छ ।

महामारीकै कारण यो वर्ष प्राधिकरणको आम्दानी पनि ८० प्रतिशतले घटेको बताइएको छ । प्राधिकरणले सन् २०२० मा ५ अर्ब रुपैयाँमात्र आम्दानी गरेको तथ्यांकमा उल्लेख छ ।

प्राधिकरणका अनुसार सन् २०२० को जनवरीदेखि नोभेम्बरसम्मको अवधिमा नेपालमा हवाई यात्रुको संख्यासमेत घटेको छ ।

यो वर्ष नोभेम्बरसम्म अन्तर्राष्ट्रिय यात्रुको संख्या १० लाख ३९ हजार ३२२ जना रहेको छ । अघिल्लो ४१ लाख ३८ हजार ४८२ यात्रुले यात्रा गरेको तथ्यांक छ ।



सन् २०२० को जनवरीदेखि नोभेम्बरसम्म १० लाख ३० हजार २९६ जनाले यात्रा गरेका छन् । अघिल्लो वर्ष  ३१ लाख ८८ हजार ४७९ जनाले यात्रा गरेका थिए ।

आइकाओको तथ्यांकअनुसार कोरोना महामारीका कारण संसारभरका वायुसेवाले करिब ३ खर्ब ९१ अर्ब अमेरिकी डलर आम्दानी गुमाएका छन् ।



  • प्रकाशित मिति : पुस १६, २०७७ बिहीबार १५:४४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया