प्रदेशसभाको गाडीमा आगजनी

कर्णाली प्रदेश सभाका सांसद एवम् अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंहको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।

भेरी  नगरपालिका ७ पुनमा बिहीबार राति (अन्दाजी १० बजे)  तिर अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट गाडी पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी किशोर श्रेष्ठले जानकारी दिए । आगजनी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको उक्त गाडीमा केही दिन अघि घाँस बोकेका कारण चर्को आलोचना भएको थियो । 

गाडी कुन परियोजनामा त्यहाँ गएको हो त्यो भने नखुलेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : पुस १७, २०७७ शुक्रबार १२:३५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया