‘पार्टी विभाजन भएको छैन, केही मान्छे बैठकमा नआएर सडकमा भौँतारिएका मात्रै हुन्’
फाइल फोटो

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले संविधान र प्रणालीको रक्षाका निम्ति ताजा जनादेशमा जाने निर्णय गरेको बताएका छन्। शुक्रबार नयाँ वर्ष २०२१ को अवसरमा प्रवासमा रहेका नेपालीलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले राष्ट्र हितको पक्षमा कदम चालेको दावी गरेका हुन्। 

जनादेशबाट आएको प्रधानमन्त्री जनादेशबाट आएको राष्ट्रपति जनादेशबाट आएका अन्य संरचनाको रक्षा गर्न प्रतिनिधिसभा विघटन गरेको ओलीले बताए। जनताले विश्वास गरेर चुनेको नेताको हैसियतले देशको रक्षा गर्नु आफ्नो कर्तव्य भएकाले त्यही कर्तव्य पालना गर्न ताजा जनादेशको निर्णय गरेको ओलीले दावी गरे। 

पार्टी नफुटेको नभई केही मान्छेहरु पार्टीको बैठकमा उपस्थित नभएको मात्रै भएको ओलीको भनाइ छ। कसैलाई पार्टीबाट ननिकालिए पनि उनीहरु पार्टीका बैठकमा नआएर अन्यत्र-अन्यत्र हिँडिरहेको ओलीले बताए। 

‘म साथीहरुलाई भन्न चाहन्छु पार्टी फुट्यो भन्ने होइन, केही मान्छेहरु पार्टीको बैठकहरूमा सामेल नभएको, पार्टीका स्वास्थ्य गतिविधिमा सामेल नभएको मात्रै’ हो ओलीले भने, 'उहाँहरु अनुचित ढंगले केही मान्छेहरु लिएर सडकमा जानुभएको मात्रै हो। 

पार्टी विभाजन नभएको विभाजन नहुने र आफूले पार्टी विभाजन हुन नदिने जिकिर प्रधानमन्त्री ओलीले गरे। 





  • प्रकाशित मिति : पुस १७, २०७७ शुक्रबार १४:१२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया