बर्दिया निकुञ्जमा राति दुईपांग्रे सवारी सञ्चालनमा रोक
फाइल फोटो

पाटेबाघको आक्रमणमा परी महिलाको ज्यान गएपछि पूर्व–पश्चिम राजमार्गको बर्दिया निकुञ्ज क्षेत्रमा रातिको समयमा साइकल र मोटरसाइकल चलाउन रोक लगाइएको छ ।

हिंस्रक जनावरको आक्रमणबाट हुने सम्भावित जोखिम कम गर्न अम्रेनी–कर्णाली चिसापानी सडकमा आइतबारबाट राति ८ बजेदेखि बिहान ६ बजेसम्म मोटरसाइकल, साइकल र पैदलयात्रुलाई हिँडडुलमा रोक लगाइएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

राजमार्गमा पाटेबाघको चहलपहल बढेकाले सुरक्षित रहनसमेत निकुञ्जले अनुरोध गरेको हो ।

बाघको आक्रमणबाट शुक्रबार कैलालीको लम्किचुहा नगरपालिका ४ कौवापुरकी ५० वर्षीया नन्दकला थापाको मृत्यु भएको थियो । छोरा सन्तोषसँग मोटरसाइकलमा कोहलपुरबाट घर आउँदै गर्दा बाघले आक्रमण गरेको थियो ।  





  • प्रकाशित मिति : पुस १९, २०७७ आइतबार १३:४४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया