टिप्परको ठक्करबाट सुर्खेतमा एकजनाको मृत्यु

सुर्खेतमा टिप्परको ठक्करबाट एकजनाको मृत्यु भएको छ । 

सुर्खेतको वीरेन्द्रनगरस्थित मंगलगढी–धुलियाविट सडक खण्डमा शनिबार साँझ टिप्परको ठक्करबाट एक व्यक्ति घाइते भएका थिए । 

वीरेन्द्रनगर १२ का ५८ वर्षीय दफार बक्सको आइतबार मृत्यु भएको हो । घाइतेको मृत्यु भएपछि स्थानीयवासीले आइतबार सडक अवरुद्ध गरेका छन् । 

बा४ख ५८४० नम्बरको टिप्परको ठक्करबाट घाइते भएका बक्सको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

घटनाको विरोध गर्दै आफन्तहरुले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रहरीले टिप्पर र चालकलाई नियन्त्रणमा लिइसकेको छ ।
 
अहिले सडक सुचारु गर्न आफन्तसँग प्रशासनमा वार्ता भइरहेको समेत प्रहरीले जानकारी दिएको छ । 
 





  • प्रकाशित मिति : पुस १९, २०७७ आइतबार १९:४९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया