प्रचण्डको सडकको बास हुन्छ, चितवन छोड्नु पर्ने हुन्छः शंकर पोखरेल
फाइल तस्वीर ।

दुई गुटमा विभाजित नेपाल कम्युनिस्ट पार्टीमा दुवै समूहका नेताहरुले एकअर्कालाई आरोप प्रत्यारोप गरिरहेका छन् । केहीअघि सम्म एउटै पार्टीमा भएका नेताहरुले पछिल्ला दिनमा जुन तहमा अर्को समूहका नेतामाथि व्यंग्य, आलोचना र गाली गर्न थालेका छन्, त्यसले नेपाली राजनीतिको कुरुप पाटो देखाउन थालेको छ । 

नेकपामा ओली समूहका नेता शंकर पोखरेल पनि अर्को समूहका नेताहरुलाई आरोप लगाउनेमा अगाडि देखिएका छन् । 

आइतबार पोखरेलले चितवनमा पुगेर प्रचण्डमाथि निकै धेरै आरोप लगाएका छन् । उनले प्रचण्डले अब चितवनमा चुनाव लड्नै नसक्ने बताएका हुन् । यतिमात्र होइन, पोखरेलले अब प्रचण्डको सडकको बास हुने पनि आरोप लगाएका छन् । 

भरतपुरमा ओली पक्षको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेलले प्रचण्डमाथि आफूलाई अलिकती दया लाग्ने गरेको समेत बताए । 

उनले भने, ‘उहाँ जतिपटक निर्वाचन हुन्छ, त्यति पटक आफ्नो निर्वाचन क्षेत्र फेर्नुहुन्छ, रोल्पाबाट चुनाव लड्नुभएको उहाँ दोस्रो पटक त्यहाँ जाने आँट गर्नुभएन । त्यसपछि सिरहा पुग्नु भएको उहाँ त्यसपछि फेरि सिरहाबाट भाग्नु भयो ।’

काठमाडौंबाट पनि निर्वाचन लडेको स्मरण गर्दै पोखरेलले त्यसपछि प्रचण्डले सिरहा जाने आँट नगरेर चितवनलाई निर्वाचन क्षेत्र बनाएको पोखरेलले बताएका छन् । ‘चितवनमा चुनाव जित्न चाहिँ कमरेड केपी ओलीको साथ चाहियो,’ पोखरेलले भने । 



प्रचण्डलाई जनताले दीर्घकालसम्म भरोसा नगर्ने चरित्र रहेकाले अब चितवनमा प्रचण्डले चुनाव लड्न नसक्ने पोखरेलको दाबी थियो ।

अब हुने निर्वाचनमा प्रचण्डले चितवनबाट पनि चुनाव नलड्ने तर अर्को ठाउँमा पुग्ने शंकर पोखरेलले आरोप लगाएका छन् । 



  • प्रकाशित मिति : पुस २०, २०७७ साेमबार १९:१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया