श्रीमतीको उपचारको बहानामा राजनीतिक भेटघाटमा नअलमलिन प्रचण्डलाई पोखरेलको आग्रह

उपप्रधानमन्त्री ईश्वर पोखरेलले पत्नी सीता दाहालको उपचारका भारत गएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई श्रीमतीको उपचारको बहानामा राजनीतिक भेटघाटमा नअलमलिन आग्रह गरेका छन् । 

नेकपा सचिवालय सदस्यसमेत रहेका पोखरेलले सोमबार सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् । 

भारतीय सञ्चारमाध्यममा प्रचण्डले भारतसँग राजनीतिक सहयोग मागेको भनेर प्रकाशित समाचार उद्धृत गर्दै उनले सीताको उपचारमा अलमल नहोस् भनेर आग्रह गरेका हुन् । 

यस्ताे छ उनकाे स्टाटस

आज कमरेड पुष्पकमल दाहाल ‘ प्रचण्ड ‘ गंभीर अस्वस्थ्यता झेलिरहेकी आफ्नी पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई प्रस्थान गर्नुभएको छ । सीताजीको स्वास्थ्य लाभको कामना !

हालै भारतीय संचार माध्यमहरूले “ प्रचण्डले नेपालमा देखापरेको राजनीतिक समस्या समाधानका लागि खासगरी नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) भित्र देखापरेको समस्या समाधानका लागि भारतसित सहयोगको माग गरे ...” भन्ने समाचारसित जोडिएर सिताजीको उपचारमा कहिंकतै अलमल नहोस् भन्ने सुझाव दिन चाहान्छु ।सिताजी चाँडै स्वास्थ्यलाभ गरी फिर्नुहोस् - हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छु !





  • प्रकाशित मिति : पुस २०, २०७७ साेमबार २०:२९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया