संसद् विघटन अग्रगामी कदम– मणिचन्द्र थापा

नेपाल सरकारका खानेपानी मन्त्री मणिचन्द्र थापाले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद् विघटन अग्रगामी कदम भएको बताएका छन् । मंगलबार जाजरकोट जाने क्रममा सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै मन्त्री थापाले निर्वाचनमा एकजुट भएर जान प्रचण्ड–माघव पक्षलाई आग्रह समेत गरेका छन् ।

नेकपामा स्थायी समिति सदस्य समेत रहका थापाले ताजा अभिमतका लागि जनतामा जाने कुरालाई अनर्थ लगाइए पनि निर्वाचनले देशलाई नै स्थायित्वतिर लिने बताए । ‘नेकपाको आन्तरिक विवादले देशमा अस्थिरता पैदा भएको छ । अब जनताको म्यान्डेट लिनुको विकल्प छैन,’ मन्त्री थापाले भने, ‘निर्वाचनले सरकारलाई स्थायित्व लिएर आउँछ । जनतामा जाने कुरालाई अनर्थ लगाइए पनि यो एक अग्रगामी कदम हो ।’

देशी विदेशी शक्तिका कारण नेकपा संकटपूर्ण अवस्थामा पुगेको भन्दै थापाले नेकपाका सबै पक्षलाई एकताबद्ध भएर चुनावमा जान आग्रह समेत गरे । संसद विघटनपछि नेपालमा प्रतिनिधिसभाको निर्वाचन आउँदो वैशाख १७ र २७ गते समय तोकिएको छ । नेकपाका विवादका कारण प्रदेश तथा स्थानीय तहमा तरङ्ग ल्याएको अवस्थामा मन्त्री थापाले प्रदेश सरकार फेरबदलको बारेमा कुनै छलफल नभएको बताए । यदि पार्टी फुटेको घोषणा भएको अवस्थामा त्यसको असर प्रदेशमा पनि पर्ने उनको भनाइ छ ।





  • प्रकाशित मिति : पुस २१, २०७७ मंगलबार १३:१२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया