सूचकसँगै ओर्लियो कारोबार रकम

अघिल्लो कारोबारको तुलनामा मंगलबार नेप्से परिसूचक तथा कारोबार रकम दुबै ओरालो लागेको छ ।

दिनभर जसो उतारचढाव रहेको मंगलबारको बजार अन्त्यमा ३ दशमलव ५४ अंकले घटेर बन्दा भएको छ । सोमवार २१६९ दशमलव शून्य ४ विन्दुमा बन्द भएको बजार आज २१६५ दशमलव ४९ विन्दुमा बन्द भएको हो । सोमबार पनि बजार ६ दशमलव ३६ अंकले घटेको थियो ।

सोमबार कबिर ६ अर्बको हाराहारी कारोबार भएकोमा मंगलवार कारोबार रकम पनि रू. ४ अर्ब ५६ करोड ६३ लाखमै सीमित भएको छ । २०६ कम्पनीको ४२ हजार ५१४ पटकको व्यापारमा १ करोड ८ लाख ९ हजार ६२५ कित्ता सेयर कारोबार भएको हो ।

मंगलवार सर्वाधिक कारोबार गर्ने कम्पनीको सूचीमा शिखर इन्स्योरेन्स अग्रस्थानमा छ । यो दिन उक्त कम्पनीले २९ दशमलव २३ प्रतिशत लाभांश सार्वजनिक गरेको हो ।

आकर्षक लाभांशको कारण इन्स्योरेन्सको ६९ करोड ६ लाख ८७ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको हो ।

मंगलवार ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ४७ अंक घटेर ४१३ दशमलव ६८ विन्दुमा पुगेको छ । कारोबारमा आएका १२ समूहमध्ये तीन समूहको मात्र परिसूचक बढेको छ ।



सर्वाधिक बढ्नेमा मंगलबार जलविद्युत् समूह रहेको छ । जलविद्युत् समूहको ३ दशमलव १२ प्रतिशत बढ्दा निर्जीवन बीमा समूहको शून्य दशमलव ५९ प्रतिशत र विकास बैंकको शून्य दशमलव १३ प्रतिशतले परिसूचक बढेको हो ।

यो दिन सर्वाधिक घट्नेमा व्यापारिक समूहको परिसूचक रहेको छ । यसको परिसूचक ५ दशमलव ८२ प्रतिशतले ओरालो लागेको हो ।



त्यस्तै, होटलको १ दशमलव शून्य ९ प्रतिशत, बैंकिङको शून्य दशमलव ५६ प्रतिशत, वित्तको शून्य दशमलव २२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ३ प्रतिशत, अन्य शून्य दशमलव ३२ प्रतिशत, लघुवित्तको शून्य दशमलव १८ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ३३ प्रतिशत र म्यचुअल फन्डको शून्य दशमलव २८ प्रतिशत परिसूचक घटेको छ ।

सामान्य अंकले घटेको बजारमा आठ ओटा कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । यो दिन सामुदायिक लघुवित्तको सेयरमूल्य ९ दशमलव ९९ प्रतिशत, नारायणी डेभलपमेन्टको सेयरमूल्य ९ दशमलव ८७ प्रतिशत, हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ९ दशमलव ८४ प्रतिशत, रिडी हाइड्रोपावरको ९ दशमलव ६६ प्रतिशत, जोशी हाइड्रोपावरको ९ दशमलव ३५ प्रतिशत, आँखुखोला जलविद्युतको ९ दशमलव २४ प्रतिशत र घलेम्दी हाइड्रोको ९ दशमलव १७ प्रतिशत सेयरमूल्य बढेको हो ।

यो दिन सर्वाधिक गुमाउने भने साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ता रहेका छन् । कम्पनीको सेयरमूल्य ६ दशमलव १६ प्रतिशतले घटेको छ ।

पछिल्लो समय धेरैजसो कम्पनीहरुले लाभांशका लागि बुक क्लोज गरिसक्दा बजारमा लगानी कम हुँदै गएको अनुमान विश्लेषकले लगाएका छन् ।

  • प्रकाशित मिति : पुस २१, २०७७ मंगलबार १६:४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया