परराष्ट्रमन्त्री ज्ञवाली जनवरी १४ मा भारत जाने

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जनवरी १४ मा भारत भ्रमणमा जाने भएका छन् । नेपालको राजनीतिक संकट गहिरिँदै गएका वेला हुन लागेको परराष्ट्रमन्त्रीको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

प्रधानमन्त्री केपी ओलीले नेपालको प्रतिनिधिसभा विघटन गरेपछि नेपालको तर्फबाट हुन लागेको यो पहिलो कूटनीतिक भ्रमण हो ।

नेपाल–भारत संयुक्त आयोगको छैठौँ बैठकमा भाग लिन मन्त्री ज्ञवाली नयाँदिल्ली जान लागेका हुन् । भारतीय मिडियाले समेत ज्ञवालीको भ्रमणबारे समाचार प्रकाशन गर्न थालेका छन् ।

भारतीय विदेशसचिव हर्षवर्द्धन शृंगला नेपाल भ्रमणका बेला नेपालका परराष्ट्रमन्त्री ज्ञवालीलाई भारत भ्रमणको निम्तो दिएका थिए ।

जनवरी १४ मा नयाँदिल्लीमा हुने मन्त्रीस्तरीय बैठकमा भारतको टोलीको नेतृत्व भारतीय परराष्ट्रमन्त्री एस जयशंकरले नेतृत्व गर्ने बताइएको छ ।





  • प्रकाशित मिति : पुस २१, २०७७ मंगलबार १७:३९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया