शनिबारदेखि पिबिएस आइटी करियर कन्क्लेभ

प्रेसिडेन्सियल बिजनेस स्कुल र लिभिङ विथ आइसिटीको संयुक्त आयोजनामा आगामी शनिवार र आइतबार ‘पिबिएस आइटी करियर कन्क्लेभ’ हुने भएको छ । दुई दिने कन्क्लेभमा २० जनाभन्दा बढी विज्ञले विविध विषयमा आफ्ना धारणा राख्ने आयोजकले जनाएको छ ।

कार्यक्रम विभिन्न पाँच विषयमा सेसन सञ्चालन हुने कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बताइयो । कार्यक्रमको पहिलो दिन बिहान ११ बजेदेखि १२ बजेसम्म इमर्जिङ टेक्नोलोजी इन आइटी इन्डष्ट्री विषयमा पहिलो सेसन सञ्चालन हुनेछ भने दिउँसो साढे १२ बजेदेखि साढे १ बजेसम्म इन्नोभेसन एण्ड टेक्नोलोजीकल आन्ट्रप्रेनरसीप विषयमा दोस्रो सेसन सञ्चालन हुनेछ । 

त्यस्तै, सोही दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म आइटीमा करियर सम्भावनाबारे क्युएनए सेसन सञ्चालन हुने कार्यक्रम संंयोजक तथा इन्नोभेसन ल्याब म्यानेजर पारस डोटेलले जानकारी दिए ।         

कार्यक्रमको दोस्रो दिन बिहान ११ बजेदेखि १२ बजेसम्म कनेक्टिङ ट्यालेन्ट्स विथ ग्लोबल अपर्चुनिटी विषयमा पहिलो सेसन सञ्चालन हुनेछ भने साढे १२ बजेदेखि साढे १ बजेसम्म आइटी ग्रोथ इन नेपाल नेक्स्ट टेन इयर्स विषयमा अन्तिम सेसन सञ्चालन हुनेछ । 

प्रेसिडेन्सियल विजनेश स्कुलमा आयोजना हुने कार्यक्रम विभिन्न अनलाइन तथा सोसियल मिडियामा प्रत्यक्ष प्रसारण हुनेछ । 

अन्तराष्ट्रिय स्तरमा रहेका केही वक्ता भने भर्चुअल माध्यमबाट प्यानल डिस्कसरनमा सहभागी हुने कार्यक्रममा सहभागिताका लागि अनलाइनमार्फत नाम दर्ता गर्नुपर्ने बताइएको छ । सूचना प्रविधि क्षेत्रका सरोकारवाला, आइटीमा करियर बनान खोजिरहेका विद्यार्थी र शिक्षकहरुको लागि पनि यो कार्यक्रम महत्त्वपुर्ण हुने विजनेश स्कुलका कार्यकारी निर्देशक लक्ष्मण केसीले बताए । 



प्रेसिडेन्सियल बिजनेशले स्कुल विगत एक दशकदेखि अमेरिकन विश्वविद्यालय सँगको सहकार्यमा विजनेसको डिग्री सञ्चालन गर्दै आइरहेको छ । 



  • प्रकाशित मिति : पुस २१, २०७७ मंगलबार १७:४६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया