मणि थापालाई प्रचण्डका कार्यकर्ताले देखाए कालो झण्डा

काठमाडौं : खानेपानी मन्त्री मणि थापालाई जाजरकोटमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपाका कार्यकर्ताले कालोझण्डा देखाएका छन्।

लामो समय जनयुद्धमा समेत लागेका थापा नेकपा विभाजित हुने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपा लागेपछि प्रचण्ड समूह आक्रोशित भएको छ। 

नेकपा ओली पक्षको कार्यक्रममा सहभागी भएर जाजरकोट बाट नेपालगन्ज गरेका थापालाई जाजरकोटको भेरी नगरपालिका-४ स्थित बोहरा भन्ने ठाउँमा कालो झण्डा देखाउँदै   अनेरास्ववियुका कार्यकर्ता विरोधमा उत्रिएका हुन्। 

अनेरास्ववियूको  केन्द्रीय सर्कुलर बमोजिम नै  जाजरकोट भेरी नगरपालिका-४ बोहरामा कालो झण्डा  प्रदर्शन गरिएको अनेरास्ववियूका केन्द्रीय सदस्य ज्ञानु खड्काले बताएका छन्।

प्रचण्डनिकट अनेरास्ववियूले दोस्रो चरणको कार्यक्रम अन्तर्गत पु २१ गतेदेखि ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने कार्यक्रम सार्वजनिक गरिसकेको छ।
 





  • प्रकाशित मिति : पुस २२, २०७७ बुधबार १२:१६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया