कमेडी च्याम्पियन दोस्रो सिजन भिडियो क्लिप्स सार्वजनिक

स्ट्यान्ड अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’को दोस्रो सिजन आगामी फेब्रुअरीबाट प्रसारण हुँदैछ । कमेडी च्याम्पियनको अन्तिम प्रतिस्पर्धाका लागि डिजिटल अडिसनबाट १८० जना प्रतियोगी छानिएका छन् ।

अन्तिम प्रतिस्पर्धाका लागि छानिएका प्रतियोगीहरुले दिएका प्रस्तुतिका क्लिप्स युट्युबमा अपलोड गर्न थालिएको छ । पहिलो चरणमा २४ जना प्रतिस्पर्धिका भिडियो क्लिप्स सार्वजनिक गरिएको हो ।

गत भदौको १५ गतेबाट सुरु भएको डिजिटल अडिसन असोज ३० गते सकिएको थियो । अडिसनमा ६ हजारभन्दा धेरै प्रतियोगीहरुले सहभागिता जनाएका थिए ।

आगामी फेब्रुरअरी ६ बाट सुरु हुने ‘कमेडी च्याम्पियन’का सो कान्तिपुर टेलिभिजन र कान्तिपुर एफएमबाट शनिबार र आइतबार प्रसारण हुनेछ । उत्कृष्ट १५ बाट भोटिङ सुरु हुने ‘कमेडी च्याम्पियन’का विजेताले कार र २५ लाख नगद पुरस्कार प्राप्त गर्ने सो का निर्देशक विशाल भण्डारीले जानकारी दिए ।





  • प्रकाशित मिति : पुस २२, २०७७ बुधबार १३:८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया