वामदेव गौतमको गृहजिल्लाबाट नेकपा एकता अभियान सुरु

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको गृहजिल्ला बर्दियामा उनी पक्षका नेता–कार्यकर्ताले पार्टी एकताका लागि दबाब दिन अभियान चलाएका छन् ।

पार्टी विभाजनपछि तटस्थ रहेका गौतमको गृहजिल्लाबाट पार्टी एकता अभियान सुरु भएको हो । 

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेकपा विभाजित भएको छ ।

उपाध्यक्ष गौतमपार्टी एकताका लागि दबाब दिने भन्दै कुनै पक्षमा पनि लागेका छैनन् । गौतमले छुट्टै मोर्चा बनाएर तेस्रो भार बनाउने चर्चा चलिरहँदा उनकै गृहजिल्लाबाट एकता अभियान सुरु गरिएको हो । 

गौतमले नेकपाका विभाजित दुवै समूहका नेतासँग भेटवार्ता गर्दै एकताका लागि विभिन्न उपाय सुझाउँदै आएका छन् । 





  • प्रकाशित मिति : पुस २२, २०७७ बुधबार २०:३०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया