नेपालका बैंक तथा वित्तीय संस्थाले मंसिरको अन्तिमसम्म ४१ खर्ब ९० अर्ब ७१ करोड बराबरको निक्षेप संकलन गरेका छन् ।
राष्ट्र बैकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको मंसिर अन्तिमसम्म हालको निक्षेपमा ३ खर्ब ३४ अर्ब १४ करोड ९० लाख रहेको छ ।
यस्तै बैंकको बचत खातातर्फ १३ खर्ब ३८ अर्ब ७२ करोड ३० लाख निक्षेप जम्मा भएको छ । जुन अघिल्लो महिनाको तुलनामा ०.६७ प्रतिशतले बढेको हो । गत कात्तिकको अन्तिमसम्म बचत खातामा १३ खर्ब २९ अर्ब ८७ करोड ५० लाख निक्षेप जम्मा भएको थियो ।
यसैगरी, मुद्दती निक्षेपअन्तर्गत २० खर्ब ४७ अर्ब ४९ करोड ५० लाख रुपैयाँबराबरको निक्षेप रहेको छ ।
गत महिना ३ खर्ब ७६ अर्ब १५ करोड ८० लाख रहेको रकम मंसिरको अन्तिमसम्म बढेर ३ खर्ब ९१ अर्ब ७४ करोड ९० लाख पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।