राष्ट्रिय वाणिज्य बैंकको ब्रान्ड एम्बेस्डरमा  श्रेष्ठ

राष्ट्रिय बाणिज्य बैंकले व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले मिस नेपाल वर्ल्ड–२०२० नम्रता श्रेष्ठलाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ ।

वाणिज्य बैंक र दि हिडन ट्रेजरबीच भएको सम्झौताअनुसार श्रेष्ठ बैंकको ब्राण्ड एम्बेस्डर  नियुक्त भएकी हुन् । 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । 

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले वाणिज्य बैंकले प्रवाह गरिरहेको आधुनिक बैंकिङ सेवाबारे ग्राहकमा थप जानकारी दिई आफ्नो व्यवसाय प्रवद्र्धन गर्ने मिस नेपाल वर्ल्ड २०२० लाई ब्रान्ड एम्बेस्डर​मा नियुक्त गरिएको बताए ।





  • प्रकाशित मिति : पुस २४, २०७७ शुक्रबार १७:२४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया