बैंकको अध्यक्ष बन्न नपाएपछि कोइरालाले दिए राजीनामा

राष्ट्रिय वाणिज्य बैंक  सञ्चालक समिति सदस्य डा. उपेन्द्र कोइरालाले पदबाट राजीनामा दिएका छन् । 

बैंकको सञ्चालक समितिको अध्यक्ष बन्न नपाएपछि कोइरालाले अर्थमन्त्रालयमा राजीनामा बुझाएको बताइएको छ  ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफ्ना सम्धीसमेत रहेका कोइरालालाई अध्यक्ष बनाउन सञ्चालक समितिमा लागेको भन्दै तीव्र आलोचना भएपछि उनलाई अध्यक्ष बनाउने प्रक्रिया रोकिएको थियो । 

यसैबीच,  बैंकको अध्यक्षमा अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने धनीराम शर्मा नियुक्त भएका छन् । शर्माले शुक्रबारै गभर्नरसमक्ष पद तथा गोपनीयताको शपथसमेत लिइसकेका छन् ।
 





  • प्रकाशित मिति : पुस २४, २०७७ शुक्रबार १८:८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया