नेपाली फुटबलले बिर्सन नसक्ने सागरको त्यो गोल

सन् २०११ साफ च्याम्पियनसिपअन्तर्गत समूह ‘बि’मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दै थियो । पहिलो खेलमा माल्दिभ्ससँग १–१ को बराबरी खेलेको नेपालका लागि यो खेल जित्नै पर्ने दबाब थियो ।

हार वा बराबरीले नेपालको दोस्रो चरणमा पुग्ने सम्भावना समाप्त हुन सक्थ्यो । त्यहाँ उपस्थित सबैलाई लाग्न थालेको थियो खेल बराबरीमा सकिनेछ । 

बराबरीतर्फ लम्कँदै गरेको खेलले अन्त्यमा नाटकीय रुप लियो । खेल सकिन केही सेकेण्डमात्र बाँकी रहँदा नेपालले फ्रि–किक पायो । त्यही फ्रि–किकमार्फत गोल गर्दै खेल १–० ले जित्दै नेपालले दोस्रो चरणको यात्रा तय गर्यो ।

सन् २०११ डिसेम्बर ४ मा भारतको जवाहरलाल नेहरु रंगशालामा सम्पन्न सो खेलका नायक थिए नेपालका तत्कालीन कप्तान सागर थापा । उनको गोलले त्यहाँ उपस्थित सबैलाई आश्चर्यमा पारेको थियो । धेरैलाई विश्वासै थिएन कि बलले जाली चुम्यो । मैदानको मध्य भागभन्दा केही अगाडि पाएको फ्रि–किकबाट भएको गोल विश्वस्तरीय थियो । 

यो गोलको चर्चा निकै चल्यो । धेरै फुटबलप्रेमीले यो गोललाई विश्वका चर्चित फुटबलर रोनाल्डिन्होको गोलसँग दाँज्ने थाले । उनले सन् २००२ को विश्वकपमा इङ्ल्याण्डविरुद्ध यस्तै गोल गरेका थिए । 

नेपाली फुटबल टिमका पूर्वकप्तान सागर थापाका लागि सन् २०११ लाई विशेष वर्ष थियो । किनकि, उनी यही वर्ष खेलेका ३ खेललाई जीवनकै सबैभन्दा अविस्मरणीय खेल ठान्छन् । 



साफ च्याम्यिनसिप अन्तर्गत बङ्गलादेश, एएफसी च्यालेन्ज कपअन्तर्गत उत्तर कोरिया तथा विश्वकप छनोट अन्तर्गत जोर्डन विरुद्धको खेललाई पनि बिर्सन सक्दैनन् सागर । 

तीमध्ये पनि बङ्गलादेशविरुद्धको खेल उनलाई विशेष लाग्छ । किनभने, उनले यही खेलमा आफ्नो करियरकै सर्वोत्कृष्ट गोल गरेका थिए, जसको चर्चा अहिले पनि हुने गर्छ । 



बङ्गलादेश विरुद्धको त्यो गोललाई यसरी सम्झिन्छन् सागर  

अतिरिक्त समयमा गोलरहित बराबरीमा चलिरहेको खेल सकिन ३० सेकेन्ड मात्र बाँकी थियो । बराबरीले हामीलाई दोस्रो चरणमा पुग्न गाह्रो हुने निश्चित थियो । 

हामीले फ्रि–किक पायौं । मैले फ्रि–किक प्रहार गर्ने भए । अभ्यासको बेलामा पनि म लामो रेन्जबाट बल पोलमा प्रहार गर्ने तथा साथीहरूलाई पास उपलव्ध गराउने गथ्र्ये । फ्रि–किक प्रहार गर्नुभन्दा अगाडि गोल नै गर्छु भन्ने त सोचेको थिइन । तर, जसरी पनि पोलमा प्रहार गर्नुपर्छ भन्ने थियो ।

पोलमा प्रहार गर्दा मैले नभए पनि अन्य साथीले गोल हान्न सक्छन् भन्ने सोचेको थिए । तर, बलले सिधै जाली चुम्यो सायद मलाई भाग्यको पनि साथ थियो । 

त्यही गोलले हामीलाई दोस्रो चरणमा पुर्याउन मद्दत गर्यो । यो बङ्गलादेशविरुद्ध नेपालको १८ वर्षपछिको जित थियो । यसले पनि गोलको महत्त्वलाई बढाएको जस्तो लाग्छ ।  

देशका लागि गरेको हरेक गोल महत्त्वपूर्ण हुन्छ । तर, अन्तिम समयमा त्यो पनि फ्रि–किकमार्फत गरेको त्यो गोल अन्य गोलभन्दा विशेष थियो । यसले मेरो करियरलाई समेत उचाइमा पु¥याउन मद्दत पुग्यो । 

सुरुमा त मलाई नै विश्वास थिएन कि गोल भयो । म यो गोल भगवानले दिएको उपहार मान्छु । गोल गरेपछि सबै साथी खुसी हुनुभयो । सबैले बधाई दिनुभयो यो मेरो जीवनको सबैभन्दा उत्कृष्ट क्षण थियो । यसलाई म जीवनभर बिर्सन सक्दिन । 

यो गोल गर्दा मिहिनेतको फल पाए जस्तो लागेको थियो । मैले फुटबलमा लागेर पाएको सवैभन्दा ठूलो उपलब्धि पनि यही हो । यो गोल नेपाली फुटबल इतिहासकै उत्कृष्ट गोलमध्ये एक हो । भोलि म नरहे पनि मेरो यो गोलको चर्चा भइरहनेछ । यसले निकै खुसी दिन्छ । 

  • प्रकाशित मिति : पुस २६, २०७७ आइतबार १६:२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया