२४ लाख पुगे डिम्याट खाता, दैनिक १५ हजार खुल्दै
प्रतीकात्मक तस्बिर


 धितोपत्र कारोबार गर्न डिम्याट खाता अनिवार्य गरिएसँगै पछिल्लो समय यस्तो खाता खोल्नेको संख्या बढेको छ । धितोपत्र कारोबारमा डिम्याट खाता अनिवार्य भएसँगै हाल यस्तो खाता खोल्नेको संख्या २४ लाख नाघेको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार हालसम्म  २४ लाख २८ हजार ३३४ डिम्याट खाता खुलेका छन् । पछिल्लो समय दैनिक १५ हजारको हाराहारीमा डिम्याट खाता खुल्ने गरेको सिडिएससीले जानकारी दिएको छ । 

पछिल्लो समय प्राथमिक सेयर निष्कासनमा आएका सेयरमा करीब ११ लाखसम्मले आवेदन दिन थालेका छन् । 

यतिवेला भने प्राथमिक बजारमा सबै आवेदकको भाग पुग्ने पक्का रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओलाई लक्षित गर्दै डिम्याट खाता खुलेको देखिन्छ ।
सार्वजनिक निष्कासनमा बाँडफाँटको पछिल्लो व्यवस्थाले पनि डिम्याट खाताको संख्या बढेको देखिन्छ । 

पूर्ण प्रविधिमैत्री बनेको धितोपत्र प्राथमिक तथा दोस्रो बजारमा लगानी गर्न सहज वातावरण बनेकाले पनि पछिल्लो समय लगानीकर्ताको प्रवेश बढ्दो क्रममा रहेको छ । 
हाल धितोपत्र दोस्रो बजारको आकार साढे २९ खर्ब बढीको रहेको छ । कोरोनाका विच पनि सकारात्मक गति लिएका कारण पछिल्लो समय सेयर बजारलाई सुरक्षित लगानीको क्षेत्रका रुपमा पनि विश्लेषण गर्न थालिएको छ । 





  • प्रकाशित मिति : पुस २६, २०७७ आइतबार १७:५६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया