एक्ससेलट्रिपले गर्‍यो पोखराको द कल्चर रिसोर्टमा २५ करोड लगानी

कोरोनाभाइरस महामारीले नेपालमा सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक हो, पर्यटन । गत वर्ष चीनको वुहानमा सुरु भएको कोरोनाभाइरस महामारीले विश्वभरका देशमा प्रभाव छाडेको छ, नेपाल पनि यसबाट अछुताे छैन । अनि नेपालको पर्यटन क्षेत्र त झन् यसका कारण निकै प्रभावित भएको छ । 

यही महामारीबीच र प्रभावबीच पनि नेपालको पहिलो अनलाइन ट्राभल एग्रिगेटर एक्ससेलट्रिप नेपालले पोखरामा रहेको कल्चर रिसोर्टमा २५ करोड लगानी गर्ने भएको छ ।

नेपालको पर्यटन क्षेत्रलाई थप सशक्त बनाउन र यसको प्रवद्र्धन गर्न एक्ससेलट्रिपले यो लगानी गरेको बताएको छ । 

लगानीसँगै सुविधायुक्त होटल र मनोरञ्जनका गतिविधि थप विस्तार गर्दै जाने एक्ससेलट्रिपका संस्थापक तथा सिइओ ज्ञानेन्द्र खड्काले बताएका छन् । उनले यो पार्टनरसिप देशका अन्य मुख्य सहरहरुमा पनि विस्तार गर्दै जाने बताए । यसबाट आफ्नो अन्तर्राष्ट्रिय नेटवर्कबाट पर्यटकीय गन्तव्यका रुपमा नेपालको पहिचान थप विस्तार हुने विश्वास उनले लिएका छन् ।

पर्यटन क्षेत्रमा १० वर्षको अनुभव सँगालिसकेका द कल्चर रिसोर्टका प्रबन्ध निर्देशक प्रकाश कार्कीले यो सहकार्यबाट आफू उत्साहित भएको बताएका छन् । 



‘यो रिसोर्टलाई नयाँ उचाइमा पुर्याउन र स्विमिङ पुल, रुफ टप बार, सौना, स्टिम, बैठक तथा तालिम र सेमिनार हलहरु बढाएका छौँ,’ उनले भनेका छन्, ‘यसका लागि अहिले ६ रोपनीमा फैलिएको रिसोर्टको क्षेत्रफल अब १२ रोपनी थप गरिएको छ ।’

लेकसाइडबाट पामे जाने बाटोमा उत्तरी फेवातालको सुन्दर र मनोरम दृश्य, सफा र आनन्ददायी कोठा तथा अन्य मनोरन्जनात्मक गतिविधिका लागि रिसोर्टमा लगानी थप्दा यसले स्थानीय पर्यटन तथा उत्तरी लेकसाइड र पोखरा पूरैको विकास हुने विश्वास उनले लिएका छन् ।



कोरोना महामारीबीच पनि सन् २०२१ मा पोखरामा पर्यटनको विकास राम्रो हुने विश्वास द कल्चर रिसोर्टले लिएको छ । पोखरा बनेको अन्तर्राष्ट्रिय विमानस्थलका कारण पनि अब पोखरा पर्यटकको हब बन्ने विश्वास कार्कीले लिएका छन् । विशेषगरि चिनियाँ र भारतीय पर्यटकका लागि नेपालकै राम्रो गन्तव्य पोखरा हुने र यो समयमा लगानी थप गर्दा पर्यटकीय क्षेत्रको विकासका लागि योगदान पुग्ने विश्वास आफूले लिएको कार्कीले बताए ।

  • प्रकाशित मिति : पुस २६, २०७७ आइतबार २२:३३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया