सुर्खेतमा यसरी मनाइयो पृथ्वी जयन्ती
पृथ्वी जयन्तीको अवसरमा वीरेन्द्रनगरमा निकालिएको र्याली । फोटोः वसन्त भण्डारी/फकरधार ।

पृथ्वीनारायण शाहको २९९औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस सुर्खेतमा पनि मनाइएको छ । पृथ्वीनारायण शाहको फोटोसहितको ब्यानरमा राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतले बजार क्षेत्रमा बृहत र्याली निकालेको थियो । 

राजतन्त्रको पक्षमा नारा लगाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता, कार्यकर्ता तथा अन्य राजवादीहरु र्यालीमा सहभागी भएका हुन् । 

वीरेन्द्रनगरस्थित मंगलगढी चोकबाट सुरु गरिएको र्याली बिचबजार हुँदै वीरेन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । 

कोणसभामा सहभागी नेताहरुले वर्तमान सरकारको चर्को विरोध गरेका थिए । देशमा राजतन्त्र आवश्यकता भएको भन्दै उनीहरुले राजतन्त्रको पक्षमा उभिन जनतालाई अपिल समेत गरे । 





  • प्रकाशित मिति : पुस २७, २०७७ साेमबार १६:४४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया