संसद विघटनको कडा प्रतिकार गर्ने नेकपा कर्णाली प्रदेशसभा दलको निर्णय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दलले संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, प्रतिगामी र स्वेच्छाचारी कदम भएको भन्दै त्यसको कडा प्रतिवाद गर्ने निर्णय गरेको छ । 

बैठकले संसद विघटनले राष्ट्र र जनतालाई गम्भीर संकटमा धकेल्ने अवस्थाको विश्लेषण गर्दै कडा प्रतिवाद गर्ने निर्णय गरेको हो । 

नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा प्रदेशसभाका २२ जना सदस्यको उपस्थितिमा बैठक सम्पन्न भएको छ । बैठकमा नेकपा कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्माको समेत उपस्थिति थियो ।

बैठकले पार्टीका विभिन्न तहबाट आयोजना गरिएका संघर्षका कार्यक्रमलाई प्रभावकारी बनाउन आ–आफ्नो क्षेत्रमा सक्रिय रुपमा परिचालित हुने समेत निर्णय गरेको नेकपा संसदीय दलकी प्रमुख सचेतक सीताकुमारी नेपालीले जानकारी दिइन् । 





  • प्रकाशित मिति : पुस २७, २०७७ साेमबार १७:०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया