फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या १० लाख नाघ्यो

नेपालमा फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या १० लाख नाघेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । नेपालका इन्टरनेट सेवा प्रदायकले आक्रामक रुपमा फाइबर इन्टरनेट विस्तार गरेसँगै प्रयोगकर्ता थपिने क्रम बढ्दै गएको हो ।

वायरलेस र केबल इन्टरनेटभन्दा फाइबर इन्टरनेटको गुणस्तर राम्रो हुने भएकाले पछिल्लो समय यसतर्फ  प्रयोगकर्ताको आकर्षण बढेको हो । 

एक महिनाको अवधिमा ३८ हजार एक सय तीन फाइबर इन्टरनेट प्रयोगकर्ता थपिएको  प्राधिकरणद्वारा प्रकाशित पछिल्लो एमआइएस प्रतिवेदनमा उल्लेख छ । 
असोजसम्म फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या नौ लाख ९३ हजार दुई सय ५४ रहेको प्रतिवेदनमा उल्लेख छ । 

फाइबर इन्टरनेट प्रयोगकर्ता सबैभन्दा बढी वर्ल्डलिंकका छन् । वर्ल्डलिंकसँग कात्तिकसम्म चार लाख १९ हजार आठ सय १२ प्रयोगकर्ता छन् । वर्ल्डलिंकले १ महिनामै १० हजार सात सय ४८ नयाँ फाइबर इन्टरनेट प्रयोगकर्ता थपेको प्राधिकरणले जनाएको छ । 

सुबिसुले पनि फाइबर प्रयोगकर्ताको संख्या पनि बढाएको छ। कात्तिकमा सुबिसुसँग एक लाख ३१ हजार चार सय ९८ फाइबर इन्टरनेट प्रयोगकर्ता पुगेको प्राधिकरणले जनाएको छ। असोजमा सुबिसुसँग एक लाख २३ हजार हाराहारी प्रयोगकर्ता थिए । 

यस्तै, भायनेटले पनि साढे २५ सय प्रयोगकर्ता थपेको छ । असोजमा भायनेटसँग एक लाख २१ हजार हाराहारी फाइबर प्रयोगकर्ता रहेकोमा कात्तिकमा बढेर एक लाख २३ हजार सात सय १२ पुगेको प्राधिकरणले जनाएको छ । क्लासिक टेकमा भने कात्तिकमा नयाँ प्रयोगकर्ता थपिएिका छैनन् ।



सरकारी स्वामित्वको नेपाल टेलिकमसँग भने कात्तिकसम्म टेलिकमको फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या ६६ हजारभन्दा बढी रहेको प्राधिकरणको तथ्यांक छ ।
 



  • प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार १४:३४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया