‘मोडल हन्ट नेपाल’को खुल्यो आवेदन

प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरीय मानिएको सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल’को छैटौं संस्करण सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै ‘मोडल हन्ट नेपाल’को नयाँ सेसनका लागि आवेदन खुला भएको जनाएको हो ।

१६ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्ने प्रतियोगितामा युवाको हकमा कम्तीमा ५ फिट ६ इन्च उँचाइ तथा युवतीको हकमा कम्तीमा ५ फिट २ इन्च उँचाइ हुनुपर्ने मुख्य प्रावधान राखिएको छ ।

उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यावसायिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत ६ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवा युवतीको आकर्षण समेत बढेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

प्रतियोगिताका लागि पहिलो चरणको अडिसन अगामी माघ १० गते काठमाडौमा हुँदैछ । पहिले चरणको प्रतियोगितामा छानिएका प्रतियोगीले मात्र फाइनल प्रतिस्पर्धामा गर्न पाउने छन् ।

फाइनल स्पर्धाका लागि छानिएका प्रतियोगीलाई मोडलिङसम्बन्धी व्यक्तित्व विकास, शारीरिक बनावट, मोडल हिँडाइ, आत्मविश्वास, एटिट्युडलगायत विभिन्न थिममा आधारित फोटोसुट, रनवे प्रस्तुतीकरणलगायत ३५ दिनको ग्रुमिङ कक्षामा सहभागी गराइनेछ ।

प्रतियोगिताको विजेताले नगद एक लाख सहित उपाधिका साथमा दक्षिण कोरियामा सञ्चालन हुने ‘लक्जरी ब्रान्ड मोडल अवार्ड’मा नेपालको प्रतिनिधित्व गर्दै सहभागिताको अवसर प्राप्त गर्नेछन् भने मोडलिङको विभिन्न विधा तथा मिडियामा विशेष अवसर प्राप्त गर्नेछन् ।



यसबाहेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सप्ताहमा सहभागिता, वेभ म्यागाजिनको कभर पेजमा तस्बिरको अवसर समेत प्राप्त हुने आयोजकले जनाएको छ ।



  • प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार १६:३८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया