कर्ण थापाको आरोप : भीम रावलसँग राजनीतिक संस्कार नै छैन
पार्टीको सम्पत्ति कब्जा गर्न लागेको आरोप

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (ओली) समूहका केन्द्रीय सदस्य कर्णबहादुर थापाले दाहाल-नेपाल समूहका नेता भीम रावलसँग राजनीतिक संस्कार नभएको बताएका छन्।  ओली समूहको अछाम जिल्ला भेलालाई सम्बोधन गर्दै नेता थापाले आफ्नो निजी स्वार्थभन्दा माथि उठ्न नजानेका रावलकै कारणले पार्टी विभाजनको स्थितिमा पुगेको आरोप लगाए।  

आफ्नो धेरै मानसम्मान खोज्‍ने रावल केही निश्चित ब्यक्तिको सल्लाहमा अघि बढ्दा उनकै गृहजिल्लामा ओली समूहको दबदबा रहेको दाबी गरे। रावलले कहिले पनि जनताको मतको मूल्याङ्कन नगरेको भन्दै उनले पद मात्रै खोज्ने प्रवृत्तिले पार्टीलाई ठूलो क्षति पुगेको थापाले बताए। 

सरकारका राम्रा कामको प्रचार गर्न छोडेर सरकारलाई गाली गर्दै हिँड्न भ्याएका रावलले पार्टी एकता नचाहेको पनि थापाले आरोप लगाए। 'सरकारका राम्रा काम देखेर अत्तालिएकाहरू पार्टी विभाजनतर्फ लागेका छन्', उनले भने, 'पार्टी एकतापछि पनि माधव-प्रचण्डको स्वार्थ पूरा नभएपछि प्रधानमन्त्री केपी ओलीविरुद्वमा लागेकाले उनीहरूमा कुनै राजनीतिक एजेन्डा छैन।'

अछाममा ओली समूहको संगठन बलियो रहेको बताउँदै उनले आम कार्यकर्तालाई संगठन थप  मजबुत बनाउन अनुरोध गरे। अहिले नेता रावलको ध्यान पार्टीको सम्पत्तिमा केन्द्रित रहेको भन्दै थापाले एकलौटी प्रयोग गर्न खोजे त्यसको परिणाम नराम्रो हुने चेतावनी पनि दिए। 





  • प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार १९:९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया