के ट्रम्पलाई अब राजनीति गर्न नै प्रतिबन्ध लाग्ला ?

अमेरिकामा राष्ट्रपति डोनाल्ड  ट्रम्पका समर्थकले संसदमा गरेको हंगामा कारण अब पछिल्लो समय बारम्बार आवाज उठेको छ कि उनलाई तत्काल राष्ट्रपतिबाट हटाउनु पर्छ । 

यसै पनि ट्रम्पले अब २० जनवरीमा ह्वाइटहाउस छोड्नु पर्ने हुन्छ । तर, त्यसअघि नै उनीमाथि महाभियोग लगाउने तयारी भएको हो ।

अमेरिकी प्रतिनिधि सभाकी सभामुख नैन्सी पेलोसीलेसमेत ६ जनवरीमा अमेरिकी संसदमा भएको हिंसामा ट्रम्पको साथ रहेको बताएकी छिन् । यही आधारमा अब ट्रम्पमाथि राजनीतिका लागि नै प्रतिबन्ध लगाउन सकिने पनि अन्तर्राष्ट्रिय मिडियामा विश्लेषणहरु छापिन थालेका छन् ।

त्यहाँ डेमोक्रेट्सले पनि ट्रम्पमाथि प्रतिबन्ध लगाउने र भविष्यमा कुनै पनि पदका लागि उनलाई योग्य नमान्ने गरि कारवाही गर्नु पर्ने माग गरेका छन् । यही आधारमा पनि ट्रम्पमाथि प्रतिबन्ध लगाउन सकिने सम्भावना बढेको बताइएको छ ।





  • प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार २०:३५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया