बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु

कालिकोटमा एक बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु भएको छ । जिल्लाको नगहरिनाथ गाउँपालिका–७  दुदुल्लिका भैरव बटालाले आफ्नै घरमा आगो लगाउँदा १२ वर्षीय गणेश बटाला र ८ वर्षीय मनबहादुर बटालाको मृत्यु भएको छ । उनका तीन छोरामध्ये ४ वर्षीया खगेन्द्र बटाला भने घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ । घाइतेको स्वास्थ्य चौकी कुमालगाउँ (नरहरिनाथ गाउँपालिका–३) मा उपचार भइरहेको छ ।

आफूले विष पिएर आगो लगाएको बताए पनि प्रहरीले त्यससम्बन्धी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक भूपेन्द्र शाहीले जानकारी दिए ।

‘घटना भएको स्थानमा इप्रका कुमालगाउँ नरहरिनाथ ३ को टोली पुगिसकेको छ,’ प्रहरी निरीक्षक शाहीले भने, ‘जिल्ला प्रहरीबाट मेरो नेतृत्वमा प्रहरीको टोली गइरहेको छ । त्यहाँ पुगेपछि घटनाको थप तथ्य पत्ता लाग्नेछ ।’





  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार १४:५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया