भोलिबाट लाखौँ सडकमा उत्रिऔँः प्रचण्ड

नेकपाको एक समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १ माघबाट काठमाडौं उपत्यकाभर आन्दोलनमा सबैजना उत्रिनु पर्ने बताएका छन् । 

‘लाखौँ जनता सडकमा उत्रिऔँ,’ उनले भनेका छन्, ‘काठमाडौंका कार्यकर्ता तथा नेताहरुको काँधमा ठूलो जिम्मेवारी छ । संविधानमाथिको आक्रमणलाई विफल बनाउन सबैजना तयार हुनु पर्ने पनि उनले बताएका छन् ।’

प्रचण्डले अब दैनिक काठमाडौंका सडकमा निकै ठूला जुलुस र आन्दोलन हुनु पर्ने पनि बताएका छन् । 

‘हामीलाई अहिले सडकमा बस्न गर्व भएको छ,’ प्रचण्डले भनेका छन्, ‘यो अहिलेको आवश्यकता भएको छ ।’





  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार १५:३६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया