विवेकशील साझा पार्टीद्वारा ६ सदस्यीय राजनीतिक संवाद समिति गठन

विवेकशील साझा पार्टीले विभिन्न पार्टी, समूह, अभियान र व्यक्तिहरुसँग सम्भावित एकता, सम्मिलन र सहकार्यको अन्वेषण तथा वार्ताका लागि ६ सदस्यीय राजनीतिक संवाद समिति गठन गरेको छ । बुधबार पार्टीले विज्ञप्ति सार्वजनिक गर्दै संवाद समिति गठन गर्नुको उद्देश्य र संवाद समितिमा रहेका सदस्यहरुको नाम सार्वजनिक गरेको हो ।

पार्टीको मंगलबार बसेको केन्द्रीय समितिको बैठकले केशव दाहालको संयोजकत्वमा रमेश पौड्याल, समीक्षा बास्कोटा, अनुपमान सैँजु, रञ्जु दर्शना र पुकार बम सदस्य रहेको संवाद समिति गठन गरेको हो ।

‘नेतृत्वमा पुगेर सुसंस्कार र सुशासनद्वारा देश रुपान्तरणको लक्ष्य हासिल गर्न पार्टीको आकार र सामर्थ्यमा व्यापक वृद्धि गर्नुपर्ने निष्कर्षका साथ राजनीतिक संवाद समिति गठन गरेको छ’, विज्ञप्तिमा उल्लेख छ । 

साथै, पार्टीले आफूहरुसँग मिलेर अघि बढ्न चाहने पार्टी, समूह, अभियान र व्यक्तिहरुलाई समितिसँग सम्पर्क गर्न पनि आग्रह गरेको छ ।





  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार १५:४५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया