‘कमलपोखरीको संरचना परिवर्तन हुँदैन’

काठमाडौँ महानगरपालिकाले कमलपोखरीको संरचना स्थानीयको परामर्शमै बनाउने भएको छ । कृत्रिम संरचना तथा ढुंगा र क्रंक्रिटको प्रयोग गरी पुनर्निर्माण गर्न लागेको भन्दै स्थानीयको गुनासो बढेसँगै कमलपोखरीको ऐतिहासिकतालाई जोगाउन महानगर गम्भीर भएको बताएको हो । 

कमलपोखरीमा हरेक वर्ष छठ पर्वको दिन पूजा गरिँदै आएको छ । छठ पूजा गर्न मण्डप निर्माण गर्ने स्थानीयसँगकै सहमतिअनुरुप निर्माण गर्दा पोखरीको चारैतर्फ घाट निर्माणमा केही ढुंगा र सिमेन्ट प्रयोग गर्नुपरेको अन्यथा ढुंगा सिमेन्टको प्रयोग नभएको काठमाडौँ महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए । खाली जमिन तथा पैदल हिँड्ने ठाउँमा सिमेन्ट प्रयोग नगरिएको उनको भनाइ छ ।

पोखरीमा आकासे पानी जम्मा गरेर पठाइने उनले बताए । पानीलाई गुणस्तरीय बनाउने प्रविधि पनि अपनाइने बस्नेतले बताए । ढुंगा, सिमेन्ट प्रयोग चिन्ताको विषय नभएको पनि उनको भनाइ छ । 

करिब ७ करोडको लागतमा कमलपोखरी पुनर्निर्माण हुन लागेको जानकारी दिँदै उनले आगामी वैशाखसम्म सर्वसाधारणका लागि खुल्ला गर्ने लक्ष्य राखिएको बताए । 





  • प्रकाशित मिति : माघ १, २०७७ बिहीबार १६:४१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया