चन्द्रागिरिको आईपीओ भर्नेलाई केवलकारमा २५ प्रतिशत छुट

काठमाडौं : चन्द्रागिरी हिल्स लिमिटेडको पौष २९ गते बुधबार सम्पन्न ११ औं वार्षिक सधारण सभाले चन्द्रागिरिको आईपीओ भर्नेलाई चन्द्रागिरी केबलकारमा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा सम्पन्न साधारण सभामा कम्पनीको वित्तिय अवस्था, मुख्य उपलब्धि तथा कम्पनीको भावी योजना प्रस्तुत गरिएको थियो ।

साधारण सभाको अवसरमा, चन्द्रागिरी हिल्स लिमिटेडले स्थानीय तथा सर्वसाधारणको लागि आह्वान गरेको साधारण सेयरमा आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई केबलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ।

चन्द्रागिरी हिल्स लिमिटेडको साधारण सेयरमा भएको उल्लेखनीय सहभागिता तथा कम्पनी प्रति देखाएको विश्वास अनि सबैलाई शेयर पर्ने सम्भावना न्यून रहेकाले सम्पूर्ण आवेदकहरुको सम्मान गर्दै कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो योजना सार्वजनिक गरिएको बताए।

स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि खुल्ला गरिएको सेयरमा आवेदन दिने १२ लाख ५६ हजार ७४६ आवेदकले शेयर भर्दाको कुनै न कुनै प्रमाण छुट सुविधाका लागि टिकट काउण्टरमा देखाउनुपर्नेछ । साथै यो योजना माघ ०५ देखि १ वर्ष सम्मको लागि मान्य हुने कम्पनीले जनाएको छ।

ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ।





  • प्रकाशित मिति : माघ १, २०७७ बिहीबार १७:२६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया