ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु, कारण बाक्लो हुस्सु
फाइल फोटो

कपिलवस्तुमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । गएराति  शिवराज नगरपालिका–१ चैनपुरमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ५०७५ नम्बरको ट्रकले चैनपुर स्वर्गद्वारी गेट अगाडि पैदलयात्रीलाई ठक्कर दिएको हो । 

ट्रकको ठक्करबाट शिवराज–१ चैनपुर निवासी ५० वर्षीय हाउ थारूको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

ट्रक र चालक प्रहरीको नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार चालकले प्रहरीसमक्ष बाक्लो हुस्सुका पैदलयात्रीलाई नदेखेका कारण दुर्घटना भएको बताएका छन् । 





  • प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार ९:५३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया