रामचन्द्र पौडेल भन्छन् : संसद् पुन:स्थापना नभए देशमा अनर्थ हुन्छ

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटनको निर्णय नसच्चिए देशमा अनर्थ हुने बताएका छन्। शनिबार पालिकास्तरमा हुन लागेको विरोध कार्यक्रमको पूर्वसन्ध्यामा भर्चुअल सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन्। 

'नेपालका सबै गाउँपालिका र नगरपालिकामा शनिबार जम्मा भएर प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध हामी सबै देशभरीका नागरिक आन्दोलित हुनुपर्छ', उनले भनेका छन्, 'यो अवैधानिक कार्यको सबैले विरोध गरौँ। संसद विघटनको लोकतन्त्रविरोधी कदमविरुद्ध हामीले देशभर प्रदर्शन गर्नुपर्छ।'

प्रधानमन्त्री केपी ओलीले नै राजनीतिक निर्णय हो भनेर यो असंवैधानिक कदम भएको स्वीकारेको जिकिर उनले गरे। 'यो असंवैधानिक कार्यको हामीले तीव्र विरोध गरौँ', उनले भने, 'यसले संविधानमा क्षति ठूलो पुगेको छ। ७० वर्ष लगाएर तयार पारेको संविधान र व्यवस्थाको टुंगो लागेका बेला त्यसैमाथि प्रहार भएको छ।'

प्रतिनिधिसभा विघटनले मुलुकलाई राजनीतिक अस्थितरताको भूमरीमा हाल्ने काम भएको बताउँदै उनले सारा जनता डटेर यसको विरुद्धमा उत्रिनुपर्नेमा जोड दिए। 'देशभर आन्दोलन गरेर हाम्रो आवाज सर्वोच्चमा पुर्‍याउनुपर्छ, दबाब दिनुपर्छ', उनले भने, 'संसद विघटनको निर्णय नसच्चिए देशमा अनर्थ हुन्छ। सबैतिर जुटेर यसविरुद्ध सशक्त आवाज दिनुपर्ने आवश्यकता छ। भोलि गाउँ गाउँबाट जुटेर विरोध गरौँ।'

भिडियो





  • प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार १२:४२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया