ढुंगा छल्न खोज्दा लडेर घाइते भएका प्रहरी हवल्दारको मृत्यु
फाइल फोटो

बर्दिया घर भई कर्णाली प्रदेशको हुम्लामा कार्यरत एक प्रहरीको लडेर मृत्यु भएको छ ।  हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको मृत्यु भएको हुम्ला प्रहरीले जनाएको छ । 

खड्का पुस २८ गते सुरक्षा गस्तीमा गएका थिए । सो समय माथिबाट आएको ढुंगा छल्न खोज्दा भीरबाट लडेर घाइते भएका थिए । 

गम्भीर घाइते उनलाई सुरुमा उपचारका लागि गाउँपालिकामै रहेको पिप्लाङस्थित स्वास्थ्य संस्थामा लगिएको थिया । त्यहाँबाट नेपालगन्ज लगिएका खड्कालाई त्यहाँ उपचार हुन नसकेपछि  नेपाल प्रहरी अस्पताल महाराजगन्ज लगिएको प्रहरीले जनाएको छ ।  प्रहरी अस्पताल महाराजगन्जमै उनको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।





  • प्रकाशित मिति : माघ ३, २०७७ शनिबार ९:३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया