एटिएम बुथ फुटाउँदै गरेको अवस्थामा कालिकास्थानबाट तीनजना पक्राउ

प्रहरीले काठमाडौँमा बैंकको एटिएम बुथको ढोका फुटाउँदै गरेको अवस्थामा तीनजनालाई पक्राउ गरेको छ । कालिकास्थानमा रहेको एनआइसी एशिया बैंकको एटिएम बुथ फटाउने क्रममा उनीहरु पक्राउ परेका हुन् । 

प्रहरीले काठमाडौँ बानेश्वर बस्ने बागलुङ गलकोट नगरपालिका–७ घर भएका २२ वर्षीय साहिल खत्री, काठमाडौँ महानगरपालिका–२९ कालिकास्थान बस्ने बागलुङ गलकोट नगरपालिका–७ का २५ वर्षीय अनिल थापा र सोही ठाउँ बस्ने २५ वर्षीया नुमा मगरलाई पक्राउ गरेको हो । 

महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : माघ ३, २०७७ शनिबार २१:७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया