हामी जन्त जाँदा रुने र मलामी जाँदा हाँस्ने केपी ओली होइनौँ : प्रचण्ड

काठमाडौं : नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटनविरुद्ध अब निर्णायक आन्दोलन हुने बताएका छन्। दाहाल-नेपाल पक्षीय राष्ट्रिय युवा संघ नेपालको बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

दाहालले आफूहरु प्रधानमन्त्री केपी शर्मा ओली जस्तो अस्वभाविक मान्छे नभएको पनि बताए। 'अब हामीले आन्दोलनलाई निर्णायक बनाएर जानुपर्छ', उनले भने, 'हामी जन्त जाने बेला रुँदै जाने र मलामी जाँदा हाँस्दै हिँड्ने केपी ओली जस्ता  होइनौँ। हामी उहाँ जस्तो अस्वभाविक मान्छे होइनौँ, त्यसैले हामी सही छौं।'

दाहालले अब युवाहरुले आन्दोलनको मोर्चा सम्हालनुपर्ने पनि बताए। 'बरु आन्दोलनको अग्रमोर्चामा खटिन म तयार छु, गिरिजाबाबुले जस्तो पुलिसको लाठी पनि खाउँला', उनले भने, 'अब आन्दोलन पनि जुझारू बनाएर लानुपर्छ, केपी ओलीको प्रतिगमनलाई घुँडा टेकाउनै पर्छ।'





  • प्रकाशित मिति : माघ ४, २०७७ आइतबार १३:५९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया