आइसक्रिममा भेटियो कोरोनाभाइरस

चीनको पूर्वी क्षेत्रमा उत्पादित गरिएको आइसक्रिममा कोरोनाभाइरस (कोभिड–१९) को जीवाणु फेला परेको छ ।  आइसक्रिममा भाइरस भेटिएपछि चीनको टियानजिनमा डाकिओदाओ फुड कम्पनीलाई सिल गरिएको र कर्मचारीको परीक्षण गरिएको सरकारी निकायले पुष्टि गरेको छ ।

अहिलेसम्म सो आइसक्रिमबाट कोही पनि संक्रमित भएको प्रमाण भने फेला नपरेको सरकारी जाँच निकायले जनाएको छ । सो सम्बन्धमा जारी विज्ञप्तिमा कोरोना भाइरस फेला परेको आइसक्रिमको ब्याचमा २९ हजार बढी डिब्बा आइसक्रिम अझै बेच्न बाँकी रहेको उल्लेख छ ।

टियानजिनमा ३९० बाकस बिक्रि भएकोमा सबैलाई ट्र्याक गरिरहेको छ र अन्यत्रका अधिकारीहरूलाई उनीहरूको इलाकामा सो सम्बन्धमा सूचना दिइएका चिनिउाँ अधिकारीले जानएका छन् । आइसक्रिमको कच्चापदार्थ  न्युजील्याण्ड तथा युक्रेनबाट आयत गरिएको सरकारी निकायले पुष्टि गरेको छ ।
 





  • प्रकाशित मिति : माघ ४, २०७७ आइतबार १४:३२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया