प्रधानमन्त्रीलाई योगेशको कटाक्ष– हो म केटै हो मेरो लिंग छुट्टिएको छ, उहाँको छैन होला

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘केटो’ भनेको विषयमा कटाक्ष गरेका छन् । आइतबार रामेछापको मन्थलीमा आयोजित जनसभालाई सम्बोधन गर्दै योगेशले आफू केपी ओलीभन्दा बढी मत ल्याएर जितेको सांसद भएकाे भन्दै केटो भनेर नहेप्न चेतावनी दिएका हुन् ।

ओलीसँगै लामो समयदेखि एउटै कमिटीमा रहेर काम गर्दै आएको र गत निर्वाचनमा उनले भन्दा बढी भोट ल्याएर निर्वाचन जितेको स्मरण गराउँदै योगेशले भने, ‘प्रधानमन्त्रीले मलाई केटो भन्नुभएछ, हो म केटै हो, मेरो लिङ्ग छुट्टिएको छ, केटोको पहिचानसहित उभिएर बोल्दै छु, उहाँ केपी ओलीको छुट्टिएको छैन होला ।’

प्रधानमन्त्रीले नेकपाको स्पष्ट बहुमत भएको प्रतिनिधिसभालाई असंवैधानिक कदमबाट विघटन गरेकोमा आक्रोश पोख्दै योगेशले ओलीको पछि नलाग्न कार्यकर्तालाई आग्रह गरे । उनले भने,  ‘त्यो स्कुलमा मर्यादा सिकाइँदैन, शिष्टता र इमान्दारिता सिकिँदैन, त्यसमा भर्ना नहुनुहोला ।’ 

प्रधानमन्त्रीले ०१७ साल दोहोर्याउने नियत राखेको आरोप लगाउँदै भट्टराईले भने– त्यो सपना नदेखे हुन्छ ।’ प्रधानमन्त्री ओलीले नेपाली जनताको आशा र भरोसामाथि कुठाराघात गरेको भन्दै उनी मुलुकलाई फेरि द्वन्द्वतिर लैजान उद्यत रहेको भट्टराईले आरोप लगाए । 





  • प्रकाशित मिति : माघ ४, २०७७ आइतबार १८:४५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया