रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द गर्दै निगम
फाइल फोटो

नेपाल आयल निगमले रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात नगर्ने निर्णय गरेको छ । इण्डियन आयल कर्पोरेशन (आइओसी)ले लामो समयदेखि सुरक्षाका कारण देखाउँदै उक्त डिपो सञ्चालनमा समस्या भएको जनाउँदै आएको थियो ।

आइओसीले लामो समयदेखि समस्या भएको जानकारी गराएको भन्दै उक्त डिपोबाट पेट्रोलियम पदार्थको आयात रोक्ने निर्णय गरेको निगमले जनाएको छ । 

उक्त डिपो बन्द गर्ने निर्णय पछि रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात गरिरहेका बारा र पर्साका पेट्रोलियम व्यवसायीले अब नेपाल आयल निगमको २ नम्बर प्रादेशिक कार्यालयबाट पेट्रोलियम खरिद गर्नुपर्ने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । 





  • प्रकाशित मिति : माघ ५, २०७७ साेमबार १३:५७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया