वीरगञ्ज भन्सारले पूरा गरेन राजस्व लक्ष्य

आयातनिर्यात कारोबारका आधारमा सबैभन्दा ठूलो नाका वीरगञ्जबाटै लक्ष्यअनुसार राजस्व उठेन । वीरगञ्ज भन्सार कार्यालयमा चालू आर्थिक वर्ष (आव) २०७७\७८ को पहिलो ६ महिनामा तोकिएको लक्ष्य भेट्टाउन असफल भएको हो ।

यो भन्सार कार्यालयले चालू आवको साउनदेखि पुससम्मको अवधिमा लक्ष्यको ८६ प्रतिशत राजस्व संकलन गरेको छ । चालु आवको ६ महिनामा वीरगञ्ज भन्सारले ७३ अर्ब ५५ करोड ४४ लाख रुपैयाँ राजस्व उठाएको छ ।

कार्यालयले यो अवधिका लागि ८५ अर्ब ५१ करोड ३४ लाख रुपैयाँ राजस्व लक्ष्य पाएको थियो । यो लक्ष्य गत आव २०७६\७७ को समीक्षा अवधिको तुलनामा १२ अर्ब रुपैयाँ कम हो ।
वीरगञ्ज नाकाबाट हुने आयातनिर्यात विस्तारै लयमा फर्किइरहेकाले आगामी महिनामा राजस्वमा सुधार आउने भन्सारको अपेक्षा छ । 

यो वर्ष राजस्वमा योगदान दिने अधिकांश वस्तुको आयात घटेको प्रभाव राजस्वमा देखिएको भन्सारको दाबी छ । राजस्वका मुख्य स्रोत मानिएका गाडी र पेट्रोलियम पदार्थ दुवैको आयात घटेको भन्सारको तथ्यांकले देखाउँछ । 





  • प्रकाशित मिति : माघ ५, २०७७ साेमबार १४:५८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया