केपी ओलीलाई हराउन आमहड्ताल पनि गर्नुपर्छ : प्रचण्ड

काठमाडौं : नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदा गर्न आमहड्ताल समेत गर्नुपर्ने बताएका छन्। दाहाल-नेपाल समूहनिकट अखिल नेपाल महिला संघको काठमाडौँमा सोमबार भेलालाई सम्बोधन गर्दै प्रचण्डले प्रतिगामी कदम सच्याएर ओलीलाई विदा गर्न आमहड्तालसम्म गर्न तयार हुन अपिल गरेका हुन्। 

'अबको केही महिना हामीले डटेर लाग्नुपर्ने भएको छ, आन्दोलनको आँधीबेहेरी ल्याउनुपर्ने हुन्छ', उनले भने, 'अब हामीले आमहड्तालतिर जाने अवस्था आउन सक्छ। त्यसको तयारी गर्नुपर्छ, हामीले ओलीविरुद्धको त्यो ब्याटल जित्नैपर्छ, नजिती सुखै छैन।'

दाहालले आफूलाई फकाउन ओलीले पटक पटक अनेक भाषा प्रयोग गरेको बताए। 'ओलीले मलाई मैले तीनवटा भोटा बढी फटाएँ भनेर फकाएका थिए', उनले भने, 'तर पार्टी निर्णय उहाँले नमान्दा समस्या भएको हो। यो संसद विघटन मात्रै होइन, एउटा प्रतिगमन नै हो, त्यसैले हामी कडाभन्दा कडा आन्दोलनसम्म पुग्नै पर्छ।'





  • प्रकाशित मिति : माघ ५, २०७७ साेमबार १६:२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया