इन्फ्रास्ट्रक्चरको आइपिओमा १५ लाखभन्दा बढी आवेदन
आठ अर्बको सेयरमा १८ अर्बको माग

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओमा मागभन्दा करिब साढे दुई गुणा बढी आवेदन परेको छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार बैंकको आइपिओमा १५ लाखभन्दा बढीको आवेदन परेको छ । 

सिडिएससीको सर्भरमा समस्या देखिएकाले पूर्ण तथ्यांक दिन नसकेको क्यापिटलले १८ करोड कित्ताभन्दा बढीका लागि आवेदन परेको बताएको छ  । 

बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण सेयर निष्कासनमा ल्याएको छ । त्यसमध्ये ०.२० प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिने पाउनेछन् ।

बैंकको आइपिओमा परेको मागका आधारमा सबै आवेदकले ५०  कित्ता  सेयर पाउने भएका छ ।

इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आइआर त्रिपल बी’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको, समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको र मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ ।

हाल १२ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले ८ अर्ब रुपैयाँ बराबरको आइपिओ  निष्कासन गरेको हो । बैंकको आइपिओ बाँडफाँटपश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।
 





  • प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार १७:५१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया