युवतीले मन चोरेको भन्दै प्रहरीमा उजुरी

एजेन्सी– भारतको नागपुरमा एक युवकले आफ्नो मन चोरेको भन्दै युवतीविरुद्ध चोरीको मुद्दा दर्ता गर्न प्रहरी कार्यालय पुगेका छन् । 

एक युवतीले मेरो मन चोरेको बताउँदै नागपुरस्थित एक प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्न गएका ती युवकलाई देखेर प्रहरीसमेत अचम्मित भएका थिए । 

हालै भएको यो घटनामा ती युवकले मन चोर्ने युवतीविरुद्ध मुद्दा दर्ता गराएर आफ्नो चोरिएको मन समेत फिर्ता गर्न चाहेका थिए । 

अन्य प्रकारका चोरीका मामिला भारतमा नौलो नभएपनि यस्तो चोरीको उजुरी पहिलो र अचम्मलाग्दो थियो । 

एकछिन छलफल गरेपछि प्रहरीले भारतमा यससम्बन्धमा कुनै कानुन नभएको भन्दै मुद्दा दर्ता नगरी ती युवकलाई फर्काएका थिए । हालसालै भारतमा चोरी भएको ८२ लाख रुपैयाँ फिर्ता गर्ने कार्यक्रममा एक प्रहरी अधिकारीले यो घटनाको खुलासा गरेका थिए । 





  • प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार १:४०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया