तेस्रो डिभिजनको क्लबसँग पराजित हुँदै अन्तिम ३२ बाटै बाहिरियो रियल मड्रिड

स्पेनको पुरानो घरेलु फुटबल प्रतियोगिता कोपा डेल रे को अन्तिम ३२ बाटै रियल मड्रिड बाहिरिएको छ । स्पेनको मात्रै नभएर युरोपेली क्लब फुटबलकै सर्वाधिक सफल टोली रियल मड्रिड तेस्रो डिभिजनको क्लब एल्कोयानोसँग बुधबार राति २–१ ले पराजित भएको हो।

खेलमा सुरुवाती अग्रता भने रियल मड्रिडले बनाएको थियो । मिलिताओले ४५औँ मिनेटमा गोल गरी टोलीलाई अग्रता दिलाएका थिए ।  

एल्कोयानो ८०औँ मिनेटमा सोल्बेसले गोल गर्दा खेल बराबरीमा पुग्यो ९० मिनेटमा पनि बराबरी नै भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । 
त्यसपछि ११५औं मिनेटमा एल्कोयानोका लागि  कासानोभाले गोल गर्दा रियल मड्रिड स्तब्ध बन्यो । 
 

११०औं मिनेतमा एल्कोयानोका एक खेलाडी रेड कार्ड पाएर बाहिरिएका थिए । १० खेलाडीमा सीमित भएको एल्कोयानोले स्पेनिस महारथीलाई निराश बनाएको हो । 

गएराति नै भएको कोपा डेल रेको खेलमा रियल सोसिडाडले कोर्डाेबालाई २–१ ले हरायो । 

अर्काे स्पेनिस महारथी बार्सिलोनाले आज राति कोर्नेल्लासँग प्रतिस्पर्धा गर्दैछ । 





  • प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार ९:४०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया