अर्थमन्त्रीले नै बिर्सिए निर्वाचन मिति (भिडियोसहित)

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले आफ्नै सरकारले तोकेको नयाँ निर्वाचनको मिति भुलेका छन्।  उनले बिहीबार ओली समूहनिकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै निर्वाचनको मिति नै गलत भनेका हुन्। 

सरकारले  वैशाख १७ र वैशाख २७ गतेका लागि तोकेको निर्वाचन मितिलाई मंसिर १७ र मंसिर २७ गते हुने भनेर उच्चारण गरेका छन्। उनले त्यसक्रममा संसद पुनःस्थापना नहुने पनि बताएका छन्।  

पौडेलले संसद पुनःस्थापना हुनै नसक्ने बताए। पौडेलले मुलुक निर्वाचनमा होमिएको पनि उल्लेख गरे। पौडेलले सर्वोच्च अदालतको निर्णयलाई स्वीकार्ने पनि बताए। नयाँ निर्वाचनमार्फत अनुशासित प्रतिनिधिसभाका लागि आफूहरु जुटेको उनको भनाइ थियो।

भिडियो





  • प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार १६:४१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया