कर्णालीमा वडा तहमा कांग्रेसको प्रदर्शन

प्रतिनिधिसभा विघटनको विरोध गर्दै कर्णालीका सम्पूर्ण जिल्लाका वडा तहमा कांग्रेसले विरोध प्रदर्शन गरेको छ । बिहीबार देशैभर वडातहमा विरोध प्रदर्शन गर्ने केन्द्रीय समितिको निर्णयअनुसार विरोध प्रदर्शन गरिएको हो । जस अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ मा र्‍याली सहित नेता कार्यकर्ता विरोधमा उत्रिएका छन् ।

वीरेन्द्रनगरको मंगलगढिचोकबाट सुरु भएको र्‍याली बजार परिक्रमा गरेर वीरेन्द्रचोकमा कोणसभामा परिणत भएको थियो । पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार वडा तहमा प्रदर्शन गरिएको वीरेन्द्रनगर नगरपालिका ६ का वडा सभापति मोतीप्रसाद कँडेलले बताए । 

सुर्खेत सहित कर्णालीका दैलेख, जाजरकोट, जुम्ला, हुम्ला लगायतका सम्पूर्ण जिल्लाका वडा तहमा विरोध प्रदर्शन गरिएको छ । यस अघि कांग्रेसले पुस १३ गते १ ६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र, पुस २५ गते ३३० वटा प्रदेश सभा निर्वाचन क्षेत्र र माघ ५ गते सबै स्थानीय तहमा विरोध प्रदर्शन गरिसकेको छ ।





  • प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार १९:५४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया