बागमती प्रदेश सभाको बैठक शुक्रबार १ बजेका लागि तोकियो

बागमती प्रदेशसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ । बुधबार बैठक बसेर मिति नतोकी बैठक स्थगित भएको थियो । 

कार्यव्यवस्था परामर्श समितिमा सहभागी प्रदेशसभा सदस्यहरुले प्रदेश सभा बैठकको मिति तोक्न सभामुखलाई माग गरे पनि सभामुख सानुकुमार श्रेष्ठले आनाकानी गरिरहेको भन्ने सार्वजनिक भएको थियो ।

बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान ११ बजे सुरु भएर दिउँसो साढे ३ बजेसम्म चलेको थियो । कार्यव्यवस्था परामर्श समितिबाट बैठकको मिति र कार्यसूची तय हुन नसके पनि सभामुखको आनाकानीको विषय सार्वजनिक भएपछि बिहीबार राति ८ बजे मात्रै प्रदेश सभा बैठक आह्वान गरिएको सूचना बागमती प्रदेश सभाको फेसबुक पेजमा प्रकाशित भएको छ ।

प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार कार्यव्यवस्था परामर्श समितिले बैठकको मिति र कार्यसूची तय नगरे पनि बिहीबार साँझ मात्रै बैठक आह्वान गर्न सभामुख सानुकुमार श्रेष्ठले आदेश दिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । 

शुक्रबार १ बजे बस्ने प्रदेश सभाको बैठकको कार्यसूची शुक्रबार बिहान १० बजे निश्चित हुने प्रदेशसभाका सचिव खड्काले बताएका छन् ।





  • प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार २१:१४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया