गलत मार्गचित्रका कारण मुलुक संकटमा : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ०६२/६३ पछि अबलम्बन गरिएको  त्रुटिपूर्ण मार्गचित्रका कारण मुलुक संकटको दलदलमा भासिएको बताएका छन् । आज मकवानपुरको मकवानपुरगढी गाउँ पालिकामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले काङ्ग्रेस र कम्युनिष्टले लिएको गलत बाटोले मुलुकलाई अधोगति तर्फ लागेकाले अब राप्रपालाई विकल्पका रुपमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याए ।

गौरवशाली इतिहासलाई नष्ट गरेर मुलुक समृद्ध बन्न नसक्ने ठोकुवा गर्दै थापाले धर्म, संस्कृती र पहिचान रक्षाको निमित्त नयाँ पुस्ता अग्रसर हुनुपर्ने बताए । राप्रपा निरंकुशताको पक्षमा नभएको स्पष्ट पार्दै उनले अभिभावकको भूमिकामा मात्र राजसंस्था रहने बताए । फरक विचार सहितको राष्ट्रवादी शक्ति निर्माणमा राप्रपा लागिरहेको चर्चा गर्दै थापाले मुलुक बनाउन र बचाउन राप्रपा बलियो हुनैपर्ने विचार व्यक्त गरे ।

भ्रष्टाचार, धर्म परिवर्तन, सर्वसत्तावाद र बेरोजगारी अहिलेको प्रमुख समस्या भएको भन्दै थापाले मुलुकलाई निकास दिन सबै शक्ति र विचार अट्ने राज्य प्रणाली आवश्यक भएको बताए । कार्यक्रममा बोल्दै राप्रपा नेता मधु अधिकारीले काङ्ग्रेस कम्युनिस्ट असफल भएको, भ्रस्टाचार र भ्रष्टाचारीलाई संरक्षण राज्यबाटै भएको भन्दै राज्य व्यवस्था परिवर्तन नगरी नयाँ आशा दिन नसकिने दाबी गरे ।  

कार्यक्रममा रामहरि न्यौपाने, खिल चौलागाईं, गुरु सापकोटा, कृष्ण बिडारी, उमाकान्त गौतम, जयराम तिमल्सिना लगायतले बोलेका थिए।





  • प्रकाशित मिति : माघ ९, २०७७ शुक्रबार २०:२३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया