पूर्वराजा ज्ञानेन्द्रबारे प्रचण्डको टिप्पणी अमर्यादित : कमल थापा

शुक्रबार नेकपा दाहाल–नेपाल समूहको सभामा पूर्वराजा ज्ञानेन्द्रको बारेमा साे पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको टिप्पणीप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका एक अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत थापाले आपत्ति प्रकट गरेका हुन् । 

थापाले लेखेका छन्, ‘हिजोको सभामा दुईपटक प्रम भएका प्रचण्डले पूर्वराष्ट्रप्रमुख, लाखौँ जनताको आस्था–विश्वासको धरोहर र एक सम्मानित नागरिक राजा ज्ञानेन्द्रको नामलाई जुन अमर्यादित रूपमा प्रस्तुत गर्नुभयो, त्यसले प्रचण्डको हतास विचलित मानसिकतालाई प्रदर्शित गरेको छ। प्रचण्डको निचतापूर्ण व्यवहारको निन्दा गर्दछु ।’





  • प्रकाशित मिति : माघ १०, २०७७ शनिबार १८:३३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया